नियम २४
झण्डा र दज्र्यानी चिन्ह
(१) प्रधान सेनापतिले अनुसूची–४ मा उल्लेख भए बमोजिमको झण्डा प्रयोग गर्नु पर्नेछ ।
(२) नेपाली सेनामा कार्यरत विभिन्न दर्जाका सैनिक व्यक्तिले अनुसूची –४ मा उल्लेख भए बमोजिमको दज्र्यानी चिन्ह लगाउनु पर्नेछ ।
(३) पृतनापति, वाहिनीपति-तथा अन्य कमाण्डाण्टहरुले झण्डा प्रयोग गर्ने सम्बन्धमा प्रिन्सिपल स्टाफ अफिसर्स (पि.एस. ओज.) ले निर्धारण गरे बमोजिम हुनेछ ।